काेराेना परीक्षण रिपाेर्ट नेगेटिभ आएपछि अर्घाखाँचीका १५७ जना डिस्चार्ज
अर्घाखाँची – अर्घाखाँचीमा आइसाेलेशनमा रहेका एक सय ५७ जनालाई डिस्चार्ज गरिएकाे छ ।
आइसोलेशनमा बसेका एक सय ५७ जनाको दोस्रो कोरोना पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताउनुभयो ।
कोरोना परीक्षणा रिपाेर्ट नेगेटिभ देखिनेमा शीतगङ्गा नगरपालिकाका ५५ जना, सन्धिखर्क नगरपालिका ३९ जना, भूमिकास्थान नगरपालिकाका १९ जना, मालारानी गाउँपालिकाका ३८ जना, पाणिनी गाउँपालिकाका पाँच जना, छत्रदेव गाउँपालिका एक जना गरी एक सय ५७ जना रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।
जिल्लाका विभिन्न ठाउँमा निर्माण गरिएका आइसोलेशनबाट उनीहरुलाई केही हप्ता होम क्वरेण्टीनमा बस्ने गरी घर पठाइएको छ । अर्घाखाँचीमा अहिलेसम्म तीन सय २१ जनामा कोरोना सङ्क्रमण देखिएकाे छ । सङ्क्रमितमध्ये दुई जनाको ज्यान गएको छ । अहिले क्वरेण्टीनमा पाँच सय तीन जना रहेका छन् ।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…


