आईपीएलमा आज लखनऊ र मुम्बई भिड्दै
काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज लखनऊ सुपर जायन्टस र मुम्बई इन्डियनबीच प्रतिस्पर्धा हुँदैछ।
खेल नेपाली समयअनुसार राति पौने ८ बजे लखनउको घरेलु मैदानमा सुरु हुनेछ। जारी प्रतियोगितामा लखनऊ आफ्ना तीनमध्ये एक खेलमा जित निकाल्दै २ अंकसहित तालिकाको सातौँ स्थानमा छ। समान तीन खेलबाट समान २ अंक जोडेको मुम्बई छैटौँ नम्बरमा छ।
दुवै टोली आज दोस्रो जितको खोजीमा मैदान उत्रिँदैछन्। यसअघि गएराति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादविरुद्ध ८० रनको फराकिलो जित निकालेको छ ।थाहा खबर
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam