कृष्णनगरका युवा व्यवसायी अरविन्द कंछलले घरभाडा नलिने
कृष्णनगर, असार २४ ।
व्यापारीहरुको समस्या बुझदै कृष्णनगरमा एक जना व्यवसायीले घरभाडा नलिने जनाएका छन ।
उद्योग वाणिज्य संघ कृष्णनगरका कायर्समिति सदस्य समेत रहेका स्थानिय व्यवसायी अरविन्द कंछलले घर भाडा नलिने बताएका छन ।
व्यवसायी कंछलले कोरोना संक्रमणका कारण आफ्नो घरमा रहेका दस वटा पसलेहरुसंग एक महिनाको भाडा नलिने र साउन महिनादेखि लकडाउन अवधिसम्म प्रत्येक सटरमा दस प्रतिशत छुट दिने जानकारी गराएका छन । उनीले व्यवासायीहरुमा लकडाउनका कारण आर्थिकरुपले समस्या भएकोे हुनाले घर भाडा छुट गर्न सबैलाई आग्रह समेत गरेका छन ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…


