नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा
काठमाडौं : नेपालले टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ।
आज भएको एसियाली क्षेत्र छनोटको सुपर–३ चरणमा यूएईलाई ५ विकेटले हराउँदै नेपालले ग्लोबल छनोटमा स्थान बनाएको हो। जितकालागि युएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनायो।
यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रन बनाइन्। उनले ३९ बलको सामना गर्दै १ छक्का र २ चौकाको मद्दतमा ३९ रन बनाएकी हुन्। यस्तै अर्की ओपनर तीर्था सतिशले २१ रन बनाइन्। यस्तै लावन्य केनीले १२ रन बनाउँदा हिना होच्दानी २० रनमा आउट भइन्।
नेपालकी मनिशा उपाध्यायले चार विकेट लिइन् भने कविता कुँवरले २ तथा राजमती ऐरीले एक विकेट लिए। थाहा खबर
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam