नेपाली महिला राष्ट्रिय फुटबल टोली थाइल्याण्ड जानुअघि प्रशिक्षणमा, तस्वीरहरू

काठमाडौं : एसियन छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न थाइल्यान्ड प्रस्थान गर्नुअघि नेपाली महिला राष्ट्रिय फुटबल टोली प्रशिक्षणमा रहेको छ।

खेलका लागि अन्तिम टोली केही दिनअघि घोषणा भइसकेको छ। नेपालले मे ३० र जुन २ तारिखमा घरेलु टोली थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। एन्फाले प्रशिक्षणमा रहेका खेलाडीबाट एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको छ।

नेपाली महिला टोली

गोलरक्षक: एञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना रानामगर र उषा नाथ

रक्षक: अमृता जैसी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे र मनमाया दमाई

मिडफिल्डर : अनिता बस्नेत, विमला चौधरी, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता रानामगर, सरस्वती हमाल र सुस्मा तामाङ

स्ट्राइकर : सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल थाहा खबर

TOP