जोर्डन र उज्वेकिस्तान पहिलो पटक फिफा विश्वकपमा छनोट
काठमाडौं : जोर्डन र उज्बेकिस्तानले ऐतिहासिक उपलब्धि हासिल गर्दै पहिलो पटक फिफा विश्वकपमा स्थान बनाएका छन्।
जोर्डन मस्कटमा ओमानमाथि ३–० को प्रभावशाली जित निकाल्दै विश्वकप नजिक पुगेको थियो। अलि ओलवानले हृयाट्रिक गर्दै जितको नायक बने। तर छनोट पक्का गर्न दक्षिण कोरिया र इराकबीचको खेलको नतिजा कुर्नु पर्यो।
अर्को खेलमा दक्षिण कोरियाले इराकलाई २–० ले पराजित गरेपछि जोर्डनले विश्वकपको टिकट सुनिश्चित गर्यो। यससँगै दक्षिण कोरिया पनि लगातार ११औं पटक विश्वकपमा पुग्न सफल भयो।
गएरातिनै उज्बेकिस्तानले अबुधाबीमा युएईसँग गोल रहित बराबरी खेल्दै पहिलो पटक विश्वकपमा स्थान बनायो। १९९१ मा सोभियत संघबाट स्वतन्त्र भएपछि उज्बेकिस्तानले पहिलो पटक विश्वकपको टिकट काटेको हो।
दुवै देशका लागि यो उपलब्धि ऐतिहासिक क्षण बनेको छ। अब यी दुई टोलीले अमेरिका, क्यानडा र मेक्सिकोमा सन् २०२६ मा हुने विश्वकपमा पहिलोपटक प्रतिस्पर्धा गर्नेछन्। थाहा खबर
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam