डाक्टरको आन्दोलनले बिरामीको बिचल्ली
काठमाडौं : उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ ।
संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई यही असार १७ गतेदेखि कालोपट्टि बाँधेर सेवा दिन आह्वान गरेकामा आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेको हो ।
आन्दोलनका कारण बिरामीको बिचल्ली भएको छ। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि आन्दोलनको असर परेको छ।
ओपीडी बन्द हुँदा टाढाटाढाबाट आएका बिरामी बढी समस्यामा परेका छन्।
कतिपय बिरामी आज रिपोर्ट देखाएर आजै फर्किने गरी आएका थिए। उनीहरुले आफूहरूलाई खान बस्नकै समस्या भएको बताएका छन्।
आन्दोलन कहिलेसम्म चल्ने टुंगो नहुँदा उनीहरू थप अन्योलमा परेका छन्। थाहा खबर
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam