सरस्वती बालक्लबमा गुप्ता चयन

देवानन्द ठाकुर
कपिलबस्तु

कपिलबस्तुको शिवराज नगरपालिका बडा नं. ८ मा रहेको श्री जनचेतना सामुदायिक माध्यमिक बिद्यालयमा बाल क्लब गठन गरिएको छ। १३ सदस्यीय बाल क्लब गठन गरी बिद्यालयका खेल सामग्री जिम्मा लगाइएको छ । कुनै किसिमको समस्या भए बाल क्लबको माध्ययम बाट बिद्यालय प्रशासन समितिमा पुर्याइ त्यसको तत्काल समाधान गर्ने बिद्यालय प्रशासनले जनाएको छ । प्रधनाध्यापक अर्जुन प्रसाद खनालले नव गठित बाल क्लब लाइ शुभकामनाका साथ प्रशिक्षण दिनु भएका थिए।

नव गठित बाल क्लबको अध्यक्षमा कक्षा ९ मा अध्ययनरत धर्मराज गुप्ता सर्व सम्मत ले चयन भएका थिए भने उपाध्यक्षमा कुन्ति कसौधन र रामेश्वर चौधरी, सचिव मा निर्मला पाण्डेय,सहसचिवमा ओमकार चौधरी लगायत अन्य ८ जना सदस्य चयन भएको सोही बिद्यालयका शिक्षक धर्मपाल चौधरी ले जानकारी गराएका छन।

TOP