मधेशको खानेपानी हाहाकार समाधान गर्न सांसदहरूको माग
काठमाडौँ : मधेशमा खानेपानीको अभाव देखिएसँगै समस्या समाधानका लागि सांसदहरूले ध्यानाकर्षण गराएका छन्।
सङ्घीय संसद् राष्ट्रियसभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले खानेपानीको हाहाकारले निम्तिएको परिस्थितिलाई सम्बोधन गर्न माग गरेका हुन्।
सांसद आनन्दप्रसाद ढुङ्गानाले मधेशमा खानेपानी समस्या तत्काललाई मात्र नभई दीर्घकालीन रुपमा नै समाधान गर्नुपर्ने बताए।
उनले भने, “खेत त बाँझो भएको छ नै खानेपानी समेत नपाउने स्थिति देखिन्छ। आगो निभाउने बारुणयन्त्र खानेपानी ओसार्न प्रयोग भइरहेका छन्। यो तत्कालको मात्र होइन दीर्घकालीन समस्या हो। यसको हल गर्नुपर्छ। दीर्घकालीन योजना बनाएर जानुपर्छ।”
सांसद शेखरकुमार सिंहले सुक्खाग्रस्त समस्या मधेशमा मात्र होइन आउने दिनमा मेचीदेखि महाकालीसम्मै पुग्ने देखिएकाले यसलाई सम्बोधन गर्नु आवश्यक भएको बताए।
“सङ्घीय सरकारले यथाशीघ्र खानेपानी र सिँचाइ व्यवस्था गर्नुपर्छ,” उनले भने।
अर्की सांसद उर्मिला अर्यालले बारा, पर्सालगायतका जिल्लामा खानेपानी र सिँचाइको सङ्कट देखिएको बताइन्। मधेशका सबैजसो जिल्लामा जलसङ्कट देखिएको उनको भनाइ छ । जङ्गल विनाश बढ्दै गएका कारण त्यसको प्रभाव जलवायुमा देखिएको सांसद अर्यालले बताइन्। सिँचाइ र खानेपानीका लागि शीघ्र वैकल्पिक व्यवस्था मिलाउन उनले संदनमार्फत् सरकारको ध्यानाकर्षण गराइन्। थाहा खबर
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…



ghanashyam