आर्सनलको लगातार दोस्रो जित
काठमाडौं : इङ्लिस प्रिमियर लिगमा आर्सनलले लिड्स युनाइटेडविरुद्ध ५–० एकतर्फी जित दर्ता गरेको छ।
लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको आर्सनल शीर्ष स्थानमा उक्लिएको छ। पहिलो पराजय बेहोरेको लिड्स समान खेलबाट तीन अंकका साथ ११औं स्थानमा छ।
शनिबार इमिरेट्स रंगशालामा घरेलु टोली आर्सनललाई जित दिलाउन जुरियन टिम्बर र भिक्टर ग्योकेरेसले समान दुई तथा बुकायो साकाले एक गोल गरे।
खेलको ३४औं मिनेटमा टिम्बरको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा साकाले टोलीको अग्रता दोब्बर बनाए।
ग्योकेरेसले ४८औं मिनेटमाटोलीका लागि तेस्रो गोल गरे। ५६औं मिनेटमा टिम्बरले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्सनल ४(० ले अगाडि बढ्यो।
इन्जुरी समयमा ग्योकेरेसले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई फराकिलो जित दिलाए। थाहा खबर
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam