राेहितकाे ‘कप्तानी प्रदर्शन’मा साउथ अस्ट्रेलियाविरुद्ध नेपालकाे जित
काठमाडाैं : साउथ अस्ट्रेलिया विरुद्धको एक दिवशीय क्रिकेटमा नेपाल दुई विकेटले विजयी भएको छ। कप्तान रोहित पौडेल र सोमपाल कामीको उत्कृष्ट प्रदर्शनपछि नेपालले हार नजिक पुगिसकेकाे खेल आफ्नो पक्षमा पारेको हो।
जितका लागि साउथ अस्ट्रेलियाले दिएको २ सय ४३ रनको लक्ष्य पछ्याएको नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाएर भेट्टायो। नेपालको जितमा कप्तान रोहित पौडेले शतकीय पारी खेल्दै सर्वाधिक १०२ रन बनाए। सोमपाल कामीले ३८ रन जोडे।
त्यसअघि ३६ ओभरमा ८ विकेट गुमाउँदा १७२ रन मात्र बनाएर धर्मराएको नेपालको इनिङ यी दुई जनाले उकासेर जित दिएका हुन्।
टस हारेर पहिले ब्याटिङ थालेको साउथ अस्ट्रेलियाले ४५ ओभरमा पूरै विकेट गुमाएर २ सय ४२ रन बनाएको थियो। थाहा खबर
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam