गेटा पुगी अनशन बसे डा. केसी, लिपुलेक फिर्ता‚ युक्रेन र गाजा युद्ध रोक्न माग
काठमाडौँ : कैलालीको गेटा मेडिकल विश्वविद्यालय पुगेर डा. गोविन्द केसीले आफ्नो २३ औँ अनशन सुरु गरेका छन्। चारबुँदे माग अघि सार्दै उनले तीन दिनसम्म मात्रै रहने गरी अनशन सुरु गरेका हुन्।
गत साउन २९ गते बसेको चिकित्सा शिक्षा आयोगको २१ औँ पूर्ण बैठकले नेपालमा ९ वटा निजी मेडिकल कलेजहरूको सिट संख्या बढाउने निर्णय गरेको थियो। त्यसैविरुद्ध उनले अनशन सुरु गरेका हुन्।
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीको अध्यक्षमा बसेको आयोगको २१ औँ बैठकले एमबीबीएसको कोटा अधिकतम १०० बाट बढाएर १३० सिट र बीडीएसको अधिकतम ५० बाट बढाएर ६० पुर्याउने निर्णय गरेको थियो।
यस्तै शुल्क नबढाउन, सम्झौता भएअनुसारको इलाम, उदयपुर र डडेल्धुरा लगायतका क्षेत्रमा सरकारी मेडिकल कलेज खोल्न र गेटाको मेडिकल विश्वविद्यालयमा तुरुन्त पूर्ण क्षमतामा अस्पताल सेवा र शैक्षिक कार्यक्रम सुरु गर्न भनेका छन्।
यस्तै एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धी, विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धी ऐन पारित गर्न, ऐन अनुरूप मेडिकल शिक्षालाई गैरनाफामूलक बनाउन र सरकारी अस्पताल लगायत सबै स्वास्थ्य संस्थामा दरबन्दी बढाउने लगायतका सबै सम्झौता र माग कार्यान्वयन तथा पूरा गर्न पनि भनेका छन्।
यसका साथै पछिल्लो समय निकै पेचिलो बनेको लिपुलेक भूभागको विषय समेत मागमा राखेका छन्। उनले लिपुलेकको अतिक्रमण बन्द गरी नेपालको अतिक्रमित भूमि फिर्ता गर्न भारत सरकारसँग र त्यस कार्यको सुनिश्चितता गर्न नेपाल सरकारसँग माग गरेका छन्।
डा. केसीले आफ्नो चौथो नम्बर बुँदामा युक्रेन र गाजामा भइरहेको नरसंहारकारी युद्ध तुरुन्त बन्द गर्न रूस र इजरायल समक्ष माग गरेका छन्।
हाडजोर्नी विशेषज्ञ समेत रहेका प्राडा केसीको २३ औँ अनशन हो। केही समयअघि दुर्घटनामा परेर अस्वस्थ रहेका प्राडा केसी एक हप्ताभन्दा बढी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचार गराएर केही दिनअघि मात्रै डिस्चार्ज भएका हुन्। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam