धरानका मेयर हर्क साम्पाङको स्वागतमा काठमाडौँमा र्‍याली (तस्वीरहरू)

काठमाडौँ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई सोमवार विमानस्थलमा र्‍यालीसहित स्वागत गरिएको छ।

त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलमा सम्पाङलाई स्वागत गर्न पुगेका समर्थकले मोटरसाइकल र्‍यालीसहित स्वागत गरेका हुन्।

मेयर साम्पाङले र्‍यालीका लागि धन्यवाद दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुनै दिन राजधानीमा ‘हर्क साम्पाङ जिन्दाबाद’को नारा घन्किनेछ भनी मैले सोचेको थिइनँ। सायद यो मेरो देशभक्ति र निष्ठाको फल हुन सक्छ। सबैलाई धन्यवाद !’ थाहा खबर

TOP