इङ्ल्याण्डसँगको एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाको लज्जाजनक हार
काठमाडौं : दक्षिण अफ्रिकाले एक दिवसीय क्रिकेटमा इतिहासकै लज्जाजनक हार व्यहोरेको छ।
इङ्ल्याण्ड भ्रमणमा रहेको दक्षिण अफ्रिकाले तीन खेलको सिरिजमा २–१ को जित निकाले पनि अन्तिम खेलमा ३ सय ४२ रनको लज्जाजनक हार व्यहोर्यो।
सिरिजको अन्तिम खेलमा साउथ ह्याम्टनमा टस हारेर पहिले ब्याटिङमा आएको घरेलु टोली इङ्ल्याण्डले पूरै ५० ओभरमा ५ विकेट गुमाएर ४ सय १४ रन जोडेको थियो। जसमा जाकोब बेथेल र जोए रुटले सतकीय पारी खेले भने जामी स्मीथ र जोस बट्लरले अर्धसतकीय पारी खेले।
दक्षिण अफ्रिकाका कोर्बिन बोस्च र केशव महाराजले २–२ विकेट लिए। ४ सय १५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको दक्षिण अफ्रिका २० दशमलब ५ ओभरमा अलआउट भयो। उसका ८ जना ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् भने कार्बिन बोस्चले बनाएको २० रन नै सर्वाधिक रह्यो।
इङ्ल्याण्डका जोफ्रा आर्चरले ४, अदिल रसिदले ३ तथा ब्राडन कार्सले २ विकेट लिए। योसँगै दक्षिण अफ्रिकाले ५२ वर्षको इतिहासमा सबैभन्दा ठूलो हार व्यहोर्दा इङ्ल्याण्डको सबैभन्दा ठूलो जित हासिल गर्यो थाहा खबर
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam