बिना बर्दी नागरिक सेवामा प्रहरी,
काठमाडौं : भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनमा देशभरीका प्रहरी चौकीमा तोडफोड, आगजनी र लुटपाट मचाइयो। जसका कारण उपत्यकाका अधिकांस प्रहरी चौकी खण्डहर बनेका छन्। उपत्यकाको महाराजगन्ज र कोटेश्वर प्रहरी वृत्तमा गरी ३ जना प्रहरीहरुले ज्यान गुमाउनु परेको थियो।
यस्तो कहाली लाग्दो अवस्थाबाट गुज्रिएको नेपाल प्रहरी उच्च मनोबल सहित अहिले नागरिक सेवामा खटिएका छन्। लुटपाट र आगजनीबाट आफ्नो बर्दी समेत गुमाएका प्रहरीहरु अहिले बिना बर्दी नागरिक सेवामा खटिएका छन्।
उपत्यकाको विभिन्न चोकहरुमा रहेको ट्राफिक आइरल्याण्ड लगायत भौतिक संरचना तोडफोड भए पछि बाँकी रहेको अवशेष माथि उभिएर र बर्दी बिना नै प्रहरीहरु फिल्डमा खटिएका छन्। थाहा खबर
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam