मलेसिया विरुद्धकाे टी-२०आई शृंखला
काठमाडौं : मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत तेस्रो खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोली पराजति भएकाे छ। क्वालालम्पुरस्थित वायुमास ओभलमा भएको खेलमा नेपाल मलेसियासँग १३ रनले पराजित भएकाे हाे।
मलेसियाले दिएको १२१ रनको लक्ष्य पछ्याएकाे नेपालले पुरै ओभरमा ८ विकेट गुमाएर १०७ रन मात्रै बनायाे। नेपालका लागि रुवि पाेदारले सर्वाधिक ३१, सम्झना खड्का १८ र इन्दु बर्मा २२ मा अविजित रहिन्।
मलेसियाका अइस्या इलीसा र नुर दानियाले १–१ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेकाे मलेसियाले आइन्ना हमिजाहकाे अर्धकसतककाे सहयातामा १२० रन बनाएकाे थियाे। हमिजाहले सर्वाधिक ५८ बलमा ६१ बनाइन्।
मास इलिस्याले ३० तथा वान जुलियाले १६ रन बनाए।
नेपालका लागि कविता कुँवर र कविता जेशीले २–२ विकेट लिए।
यससँगै पाँच खेलकाे सिरिजमा नेपाल २–१ ले पछि परेकाे छ। अब अर्काे खेल मंगलबार खेल्नेछ। थाहा खबर
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam