श्रीलंकाले जारी महिला क्रिकेट विश्वकपमा शानदार जित
काठमाडौं : श्रीलंकाले जारी महिला क्रिकेट विश्वकपमा शानदार जित हासिल गरेको छ।
गएराति सम्पन्न खेलमा श्रीलंकाले बंगलादेशलाई ७ रनले पराजित गरेको हो। श्रीलंकाले दिएको २०३ रनको लक्ष्य पछाएको बंगलादेशले ५० ओभरमा ९ विकेट गुमाउदै १९५ रन बनाएको थियो।
अन्तिम ओभरमा जितका लागि ९ रन आवश्यक रहेको अवस्थामा बंगलादेशले अन्तिम ओभरमा ४ विकेट गुमाएर केवल १ रन मात्र बनाएपछि श्रीलंकाले खेलमा शानदार कमब्याक गर्दै जित हासिल गरेको थियो।
श्रीलंकाकी कप्तान चामारी अथापथ्थुले अन्तिम ओभरमा एक रनआउटसहित बंगलादेशका चार ब्याटरलाई आउट गरेकी थिइन्। यसअघि श्रीलंकाले पहिला ब्याटिंग गर्दै ४५ दशलमव ४ ओभरमा अल आउट हुँदै २०२ रन बनाएको थियो।
यो जितपछि श्रीलंकाको ६ खेलमा चार अंक रहेको छ र छैटौं स्थानमा उक्लिएको छ। हारपछि बंगलादेश भने सेमिफाइनलको दौडबाट बाहिरिएको छ। बंगलादेशको ६ खेलमा केवल २ अंक रहेको छ।
प्रतियोगिता अन्तरगत आज पाकिस्तान र दक्षिण अफ्रिका आमनेसामने हुनेछन्। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam