एक महिनादेखि पार्टीको केन्द्रीय कार्यसमिति बैठक जारी
काठमाडाैं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने गरी आकस्मिक बैठक बोलाएको हो।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, पूर्वमन्त्री, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशन दिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।
करिब एक महिनादेखि पार्टीको केन्द्रीय कार्यसमिति बैठक जारी छ। तर, महाविधेशनको मितिबारे विवाद टुंगिनुको साटो झन् बढ्दै गएको छ।
यही बीचमा कांग्रेस नेता तथा पूर्वमन्त्री आफताव आलमको शनिबार निधन भएको छ। लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनका अनुसार आलमको निधनमा शोक प्रस्ताव पारित गर्नका लागि बैठक बोलाइएको हो।
उनका अनुसार आलमको शोकमा आगामी तीन दिन पार्टीका सम्पूर्ण गतिविधि स्थगित गर्ने तयारी गरिएको छ। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam