राजनीतिक दलको भ्रातृ संस्थाको रुपमा स्वीकार नगर्ने सूचनाप्रति थप प्रष्ट
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक प्राध्यापकका संघ संगठन राजनीतिक दलको भ्रातृ संस्थाको रुपमा स्वीकार नगर्ने सूचनाप्रति थप प्रष्ट पारेका छन्।
मन्त्री पुनले शिक्षक संघ संगठन राजनीतिक गतिविधिमा संलग्न भएमा कारबाही गर्ने चेतावनी दिएका थिए। उनले आज फेरि सामाजिक सञ्जाल फेसबुमा लेखेका छन्, ’संविधानले दिएको अधिकार कसैले खोस्न सक्दै सक्दैन। तर, राजनैतिक पार्टीहरुको संरक्षणमा विद्यालयहरु र विश्वविद्यालयहरुको सञ्चालनमा बाधा अड्चन पुर्याउन र विद्यार्थीहरुको भविष्य संग खेलवाड गर्न पाइने छैन भनेर सूचना गरेको हो।’
सिटिइभिटीमा, विद्यालयहरुमा र विश्वविद्यालयहरुमा अनेक किसिमका राजनैतिक हस्तक्षेप र चलखेलले भएको अस्तव्यस्तताका बारेमा विद्यार्थीहरु र अविभावकहरुको हजारौं गुनासो र उजुरी सुनेर सूचना प्रकाशित गरिएको उनले प्रस्ट पारेका छन्।
‘त्यस्तो अनावश्यक राजनिति गर्ने र चलखेल गर्ने काम पनि भ्रष्टाचार नै हो। सोसम्बन्धी सर्वोच्च अदालतले जारी गरेको आदेश र ऐन कानुनका धाराहरु पनि हेर्नुहोला।
अब फागुन २१ गते आउने चुनावको प्रचार प्रसारमा चौबिसै घण्टा लागेर स्कुलमा पठन पाठन गर्न नछोड्नु होला भन्ने विनम्र अनुरोध छ’, उनले लेखेका छन्। थाहा खबर
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam