भाइरसको सङ्क्रमणले घाँटी खस्खसाएमा विभिन्न प्राकृतिक उपाय अपनाएर उपचार
काठमाडौं : चिसो मौसम सुरु भएको छ। चिसोमा नाक बग्ने र घाँटी खस्खसाउने वा खोकी लाग्ने समस्याले मानिसलाई सताउने गर्छ।
घाँटी खस्खसाउने समस्या उत्पन्न हुनुमा ब्याक्टेरिया वा भाइरसको सङ्क्रमण हुन सक्छ। ब्याक्टेरियाको सङ्क्रमण भएमा रुघा लाग्दैन भने भाइरसले गर्दा रुघा लाग्छ र नाक बग्छ।
भाइरसको सङ्क्रमण हो भने एन्टिबायोटिक्सले काम गर्दैन। भाइरसको सङ्क्रमणले घाँटी खस्खसाएमा विभिन्न प्राकृतिक उपाय अपनाएर उपचार गर्न सकिन्छ। नुनपानीले गार्गल गर्नु नुनपानीले गार्गल गर्ने परम्परा शताब्दीयौँदेखि चल्दै आएको छ। यसले काम गर्छ । मनतातो पानीले गार्गल गरेमा झनै राम्रो।
चिया
विभिन्न खालको चियाले घाँटी खस्खसाउने समस्या हटाउन मद्दत पुग्छ। अदुवा, कागती र दालचिनी हालेर बनाइएको चिया दुई–तीन कप पिउने गरेमा फाइदा पुग्छ।
यसै गरी अदुवा, कागती र मरिच हालेर पनि चिया बनाउन सकिन्छ। यसले घाँटीबाट कफ पनि बाहिर निकाल्न सहयोग पुग्छ।
घाँटी खस्खसाउने समस्या भएमा घाँटीभित्र सुक्खा हुन दिनु हुँदैन । पर्याप्त पानी र चिया पिउने गरेमा घाँटी सुक्खा हुन पाउँदैन। थाहा खबर
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam