देउवाको हस्ताक्षरमा चुनाव लड्ने होइन : गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा चुनाव लड्ने निर्णय नभएको बताएका छन्।
निर्वाचन आयोगमा दल दर्ताको प्रसंगमा नेता कार्यकर्ताले प्रश्न गरिरहेको भन्दै थापाले सामाजिक संजालमा प्रष्टीकरण दिएका हुन्।
उनले विधान बमोजिम नै समयभित्रै विशेष महाधिवेशन हुने भन्दै त्यहीँबाट चुनिने नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जाने बताए।
‘बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो? मैले भनेँ, होइन।‘ थापाले लेखेका छन्, ‘साथीहरूले फेरी सोध्नुभयो कसरी?
मैले भनेँ, प्रष्ट छ – अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ।’
उनले अब विशेष महाधिवेशनको विकल्प नरहेको भन्दै अलमलमा पर्न नहुने बताएका छन्। झण्डै एक महिना चलेको पार्टी केन्द्रीय समितिको बैठक महाधिवेशनबारे कुनै निर्णय नगरी सम्पन्न भएको छ। थाहा खबर
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam