११औँ राष्ट्रिय महाधिवेशनका लागि हुम्लाबाट सबै प्रतिनिधि सर्वसम्मत
हुम्ला : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि हुम्लाबाट सबै प्रतिनिधि सर्वसम्मत चयन भएका छन्।
पार्टी उपाध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार खुलातर्फ जिल्ला अध्यक्ष ज्ञामी बुमी, वरिष्ठ नेता कलबहादुर हमाल, दलितबाट पर्वत सुनार, युवातर्फ तीर्थराज बोहोरा, महिलामा प्रतिमा लामा र विमला शाही सर्वसम्मत चयन भएका हुन्।
जिल्लाबाट थप एक जना प्रतिनिधिका लागि केन्द्रमा अनुरोध गर्ने र यदि केन्द्रले स्वीकार गरे उक्त कोटामा नवराज महतारालाई पठाउने निर्णय भएको छ। थाहा खबर
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam