पौडेलले जेनजीको मुख्य प्रतिनिधि संस्था नै एमाले भएको दाबी गरे
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफूहरू कहिल्यै जनेजी युवा र उनीहरूको माग तथा मुद्दाको विपक्षमा नरहेको बताएका छन्। बुधबार पार्टीनिकट प्रेस चौतारी नेपालले गरेको अन्तरक्रियामा उनले जेनजीविरुद्ध एमाले थियो र छ भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यसमा सत्यता नरहेको बताएका हुन्।
उपाध्यक्ष पौडेलले जेनजीको मुख्य प्रतिनिधि संस्था नै एमाले भएको दाबीसमेत गरे। ‘जेनजी आन्दोलन अनौठो कुरा होइन । यसमा के भाष्य निर्माण गर्न खोजिएको छ भने जिनेजी एकतातिर एमाले अकैतिर थियो भन्ने भाष्य निर्माण गर्न खोजिएको छ। यो सत्य होइन’, उनले भने, ‘एमाले सबै उमेर समूहको प्रतिनिधि हो। सबै उमेर समूहको प्रतिनिधि संस्था हो एमाले। यसअर्थमा जेनजीको रियल लिडर नै एमाले हो । त्यसकारण एमाले कहिल्यै पनि जेनजीविरुद्ध, उनीहरूका मागविरुद्ध र अकांक्षा–अपेक्षाविरुद्ध एमाले थिएन।’ थाहा खबर
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam