होटेल फरेस्ट इनको आईपीओ खुला
काठमाडौं । होटेल फरेस्ट इन लिमिटेडको आईपीओ बिहीबार (माघ २२ गते) देखि सर्वसाधारणका लागि खुला भएको छ ।
कम्पनीले ४० करोड रुपैयाँबराबरको ४० लाख कित्ता सेयर निष्कासन गर्ने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
४० लाख कित्तामध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई चार लाख कित्ता र, सामूहिक लगानी कोषका लागि दुई लाख कित्ता र कम्पनीमा कार्यरत कर्मचारीका लागि ८० हजार कित्ता निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
बाँकी रहेको ३३ लाख २० हजार कित्ता आईपीओ सबैका लागि खुला गरेको हो । यसको आईपीओ कम्तीमा १० कित्ता र बढीमा दुई लाख कित्तासम्म भर्न मिल्छ ।लगानीकर्ताले माघ २६ सम्म आवेदन दिइसक्नुपर्नेछ ।कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ । वैखरी
जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन खाद्य प्रविधि विभागको आग्रह
२०८३ कार्तिक १२, बिहीबार ४:४७ गते
काठमाण्डौ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन आग्रह गरेको छ । बालबालिका, गर्भवती तथा सुत्केरी,…



ghanashyam