बेंगलोरुले दोस्रो पटक जित्यो उपाधि
रोयल च्यालेन्जर्स बैंगलोरुले दोस्रो पटक वुमेन्स प्रिमियर लिग (डब्लुपिएल) को उपाधि जितेको छ। महिला फ्रेन्चाइज क्रिकेटको सर्वाधिक ठूलो प्रतियोगितामा दिल्ली भने चौथो पटक फाइनलमा पराजित भयो। फाइनलमा बैंगलोरुले ६ विकेटको जित हासिल गर्यो।
वडोदरा स्थित कोटाम्बी स्टेडियममा २ बल बाँकी रहँदा दिल्लीले दिएको २०३ रनको लक्ष्य बैंगलोरुले पूरा गरेको थियो। यो महिला प्रिमियर लिग फाइनल इतिहासकै उच्च रनचेज हो। बैंगलोरुको जितमा कप्तान स्मृति मन्धनाले ४१ बलमा ८७ रन बनाउँदै १२ चौका र ३ छक्का प्रहार गरिन्। त्यस्तै, जियोर्गिया भोलले ७९ रन बनाउँदा यी दुईबीच तेस्रो विकेटका लागि १६५ रनको साझेदारी भएको थियो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०३ रन बनाएको थियो। उसका लागि कप्तान जेमिमा रोड्रिग्वेजले ५७ रनको अर्धशतकीय इनिङ खेल्दा लौरा वल्भार्डले ४४ तथा लिजेली लिले ३७ र सफाली वर्माले २० रन बनाइन्। त्यस्तै, चिनेली हेनरी ३५ रनमा अविजित रहिन्। वैखरी
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam