साम्बालाई भायानेटले ५ लाख सहयोग गर्ने
नेपाली फुटबलकी गौरव सावित्रा भण्डारी साम्बा यतिबेला आफ्नो खेल जीवनको सबैभन्दा चुनौतीपूर्ण मोडमा छिन्।मैदानमा देशको झण्डा उँचो राख्न अहोरात्र खटिने साम्बा यतिबेला घुँडाको गम्भीर चोटका कारण मैदान बाहिर छिन्। यस चुनौतीपूर्ण समयमा इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशनले आफ्नी ब्रान्ड एम्बेसडरको उपचार र पुनरागमनका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।साम्बाको शल्यक्रिया र त्यसपछिको करिब ८ महिना लामो रिह्याब प्रक्रियाका लागि ठुलो स्रोतको आवश्यकता छ। ‘थाकेको हो, हारेको छैन’ भन्ने साम्बाको अदम्य आँटलाई सम्मान गर्दै भायानेटले उनलाई पुनः खेल जीवनमा फर्काउन यो सानो प्रयत्न गरेको हो।साम्बाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै भायानेटले भनेको छ, ‘देशको गहना साम्बाको रिकभरीको हरेक पाइलामा हामी साथै रहनेछौँ। उहाँ चाँडै निको भएर मैदान फर्कने र देशलाई पुनः गौरवान्वित बनाउने कुरामा हामी विश्वस्त छौँ।’ भायानेटले आफ्नो ब्रान्ड एम्बेसडरप्रति देखाएको यो तत्परताले जस्तोसुकै कठिन परिस्थितिमा पनि प्रयोगकर्ता र सरोकारवालासँग अटुट सम्बन्ध र भरपर्दो कनेक्सन कायम राख्ने कम्पनीको मूल मन्त्रलाई थप चरितार्थ गरेको छ। थाहा खबर
कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ
साउन १९, २०८३
कृष्णनगर, १९ साउन । सवारी ज्यान सम्बन्धी मुद्दा मिलाई दिने प्रलोभन देखाएर ५ लाख ६२ हजार रुपैयाँ ठगी गरेको आरोपमा…



ghanashyam