गोरखा बुंकोटकी एक बालिकाको मृत्यु
चट्याङ लागेर एक बालिकाको मृत्यु, दुईजना घाइते चट्याङ लागेर गोरखा बुंकोटकी एक बालिकाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।मंगलबार दिउँसो ४ बजे परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्यु भएको हो। उनको आरुघाट आधारभूत अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।चट्याङ लागेर घाइते भएका सोही ठाउँ निवासी १३ वर्षीया दीक्षा घर्तिमगर र भीमसेन थापा गाउँपालिका–६ का २४ वर्षीय वीरेन्द्र थापामगर घाइते भएका छन्। उनीहरुलाई समान्य उपचारपछि काठमाडौं पठाइएको आधारभुत अस्पताल आरुघाटले जनाएको छ।उनीहरु तीनै जनालाई त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानी खुर्सानीटार धादिङमा चट्याङले लागेको थियो। घाइते भएका तीनै जनालाई अस्पताल पु¥याउँदा दिलिशाको मृत्यु भइसकेको थियो। थाहा खबर
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam