एरिना नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त
इटालियन गुग्लिएलमो एरिना नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।दुई साताअघि नै नेपाल आइसकेका एरिनालाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार मुख्य प्रशिक्षकका रुपमा सार्वजनिक गरेको हो। एरिनाले एन्फा महासचिव किरण राईबाट नियुक्ति पत्र ग्रहण गरे।स्विट्जरल्यान्डमा जन्मिएका एरिना इटालियन नागरिक हुन्। एएफसी प्रो–लाइसेन्स प्रशिक्षक उनीसँग चार महादेशका विभिन्न क्लब अनि राष्ट्रिय टोली सम्हालेको अनुभव छ। उनले पछिल्लो पटक लाओसको सिनियर र युवा राष्ट्रिय टोली सम्हालेका थिए।एरिनाको नेतृत्वमा पहिलोपटक नेपालले यही चैत १२ गते हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलका लागि लाओसको भ्रमण गर्नेछ। थाहा खबर
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam