कर्जा दुरुपयोग गरेको अभियोगमा डङ्गोललाई पक्राउ
नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख दिनेश डङ्गोललाई पक्राउ गरेको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले नेपाल राष्ट्र बैंकको निर्देशन र प्रचलित कानुनविपरीत कर्जा दुरुपयोग गरेको अभियोगमा डङ्गोललाई पक्राउ गरी सार्वजनिक गरेको होब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले प्रभु बैंकबाट ‘प्रभु म्यानेजमेन्ट प्रालि’मा प्रवाह भएको कर्जा दुरुपयोग प्रकरणमा डङ्गोलको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको जानकारी दिए।ब्युरोले यसअघि बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनमाथि बैंकिङ कसुरको आरोपमा पक्राउ गरेर अनुसन्धान गरेको थियो।अनुसन्धानका क्रममा सङ्कलित तथ्य, प्रमाण र विज्ञ टोलीको विश्लेषणबाट डङ्गोलले कर्जा दुरुपयोग गर्नेरगराउने कार्यमा भूमिका खेलेको देखिएको हो।ललितपुरका डङ्गोललाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान गर्न उच्च अदालत पाटनबाट अनुमति लिइएको थियो। थााहा खबर
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam