कैलालीमा ट्रकले ठक्कर दिँदा श्रीमान्–श्रीमतीको मृत्यु
कैलालीमा ट्रकले ठक्कर दिँदा श्रीमान्–श्रीमतीको मृत्यु भएको छ।बुधबार राति कैलारी गाउँपालिका ५ बजैपुरमा ना ६ ख ७७८ नम्बरको ट्रकले गोरुगाडालाई ठक्कर दिँदा गोरुगाडामा रहेका दम्पतीकै मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा कैलारी गाउँपालिका ५ का कलसु चौधरी र उनकी श्रीमती सेतानु चौधरीको मृत्यु भएको हो।दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैलाई सेती प्रादेशीक अस्पताल धनगढी लगिएमाको थियो। उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।गोरुगाडाका दुई गोरुमध्ये एउटा मरेको छ भने अर्को घाइते भएको छ।ट्रक चालक धनगढी उपमहानगरपालिका ३ बोराडाँडीका ३३ वर्षीय रुबिन थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। थाहा खबर
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam