राष्ट्रपतीय दौडमा भान्स र रुबियो योग्य रहेको ट्रम्पको भनाइ
काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका सम्भावित रिपब्लिकन उमेदवारका रूपमा उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोको नाम उल्लेख गरेका छन्।
उनले पार्टीमा धेरै प्रभावशाली नेता रहेको बताउँदै अहिले नै कसैलाई प्रमुख दाबेदार घोषणा गर्नु हतार हुने बताएका छन्। मिसिगनमा आयोजित ¥यालीमा जानुअघि एक समाचार च्यानललाई दिएको अन्तर्वार्तामा ट्रम्पलाई सन् २०२८ को निर्वाचनमा रिपब्लिकन पार्टीबाट कसले उमेदवारी दिन सक्छ भनेर सोधिएको थियो।
‘मेरो नजरमा को–को छन् भनेर म भन्न सक्छु, तर अहिले त्यसो भन्नु अलि चाँडो हुन्छ,’ ट्रम्पले भने। भान्स र रुबियोको नाम उल्लेख गर्दै उनले रिपब्लिकन पार्टीसँग योग्य नेताहरूको बलियो टोली रहेको दाबी गरे। डेमोक्रेटिक पार्टीसँग भने त्यस्तो टोली नरहेको उनको भनाइ छ।
चुनाव प्रचारका लागि मिसिगन प्रस्थान गर्नुअघि ट्रम्पले रुस–युक्रेन युद्ध र ऊर्जा सुरक्षाबारे पनि धारणा राखेका थिए। उनले सैन्य द्वन्द्वका कारण अमेरिकी तेल उद्योगलाई बन्धक बन्न नदिने बताए। साथै, यो युद्ध सुरु नै हुन नहुने आफ्नो पुरानो भनाइ दोहो¥याए।
अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनले प्रतिनिधिसभाका सबै ४३५ सदस्य र सिनेटका करिब एकतिहाइ सदस्यको चयन गर्नेछ। निर्वाचनबाट दुवै सदनमा कुन पार्टीको बहुमत कायम हुन्छ भन्ने टुंगो लाग्नेछ, जसले ट्रम्प प्रशासनको विधायी एजेन्डा र वासिङ्टनको शक्ति सन्तुलनमा प्रभाव पार्नेछ।
राष्ट्रपतिको चारवर्षे कार्यकालको बीचमा हुने मध्यावधि निर्वाचनलाई ट्रम्प प्रशासनका लागि महत्वपूर्ण मानिएको छ। द वाल स्ट्रिट जर्नलले सेप्टेम्बरमा प्रकाशित गरेको सर्वेक्षणअनुसार ट्रम्पको अनुमोदन दर ३७ प्रतिशतमा झरेको थियो। पत्रिकाका अनुसार, सन् १९९० यताका उसका सर्वेक्षण अभिलेखमा मध्यावधि निर्वाचनअघि कुनै पनि बहालवाला राष्ट्रपतिको अनुमोदन दर योभन्दा कम देखिएको थिएन।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam