बलात्कार आरोपमा पक्राउ परेका थुनुवामा कोरोना सङ्क्रमण
कैलाली – बैतडीमा बलात्कार आरोपमा पक्राउ परेका एक थुनुवामा कोरोना भाइरसकाे सङ्क्रमण देखिएकाे छ ।
पुर्चौंडी नगरपालिका १० का ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनी अहिले बलात्कार आरोपमा इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा छन् । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार उनीसहित सोमबार बैतडीमा थप सात जनामा कोरोना पुष्टि भएको छ ।
डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा पाटन नगरपालिकाका ६ जना र पुर्चौंडी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको उहाँले बताउनुभयाे । सात जनामध्ये एक जना सुत्केरी महिलासमेत रहेको भट्टले जानकारी दिनुभयाे । पाटन नगरपालिकाकी ती सुत्केरीले आइतबार मात्रै शिशु जन्माएकी थिइन् ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…


