घुस सहित प्र.अ.र कार्यलय सहयोगी पक्राउ
माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा असोज १४
कपिलवस्तुमा ४० हजार घुस सहित दुई जना पक्राउ परेका छन । जिल्लाको शिवराज नगरपालिका ८ विसनपुरमा अवस्थित श्री बाल ज्योति मा.वि.का प्रधानाध्यापक रविन्द्र प्रसाद मौर्य र सोही विद्यालयका कार्यालय सहयोगी राम कुमार लोनियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले घुससहित रंगेहात पक्राउ गरेको छ ।
विद्यालयमा विज्ञान शिक्षक भर्ना गराउने आवश्वासनमा घुस मागेपछी अख्तियारले उनिहरुलाई पक्राउ गरेको हो । चन्द्रौटा स्थित न्यू सिद्धार्थ होटलबाट कार्यलय सहयोग लोनियले उक्त रकम वुझेको र प्रअ पनि सोहि ठाउमा रहेको वताइएको छ । उनिहरु मथि थप अनुसान्धन भई रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलले जनाएको छ ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…


