कोरोना संक्रमणबाट पूर्वन्यायाधीश चालिसेको निधन

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको निधन भएको छ । उहाँको आज काठमाडौंको सहिद गंगालाल अस्पतालमा निधन भएको हो ।

चालिसेको आज बिहान निधन भएको जानकारी उहाँका भाइ कृष्णराज चालिसेले दिनुभएको हो ।

७० वर्षीय चालिसेमा लामो समयदेखि मुटुको समस्या थियो । पछिल्लो समय मुटुकै उपचारका लागि उहाँलाई गंगालाल अस्पतालमा भर्ना गरिएको थियो ।

उहाँले ०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत, पोखराका मुख्य न्यायाधीशबाट अवकास पाउनुभएको थियो ।

पाँच दिनअघि गंगालाल अस्पतालमा भर्ना हुनुभएका चालिसेको उपचारकै क्रममा कोरोना संक्रमण देखिएको थियो ।

TOP