सुनको मूल्य नौ सय बढ्यो
काठमाडौं । सुनको मूल्य आज नौ सय रुपैयाँले बढेको छ । विगत तीन दिनयता लगतार मूल्य बृद्धि भएको हो ।
आज छापावाला सुन प्रतितोला ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला ९७ हजार पाँच सयमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार नौ सय पुगेको छ । सोमबार प्रतितोला ९७ हजारमा कारोबार भएको थियो ।
चाँदी पनि ३० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक हजार तीन सय ६५ मा कारोबार भएको थियो भने आज एक हजार तीन सय ९५ रुपैयाँ पुगेको छ ।
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…


