एनसेल कर विवादमा सर्वोच्चले भदौ ५ मा निर्णय सुनाउने
३० साउन, काठमाडौं । एनसेलको कर विवादमा सर्वोच्च अदालतले भदौ ५ गते निर्णय सुनाउने भएको छ । बिहीबार निर्णय सुनाउने भनिए पनि अर्को विहीबारलाई सरेको हो ।
एनसेलको कर विवादसम्बन्धी रीट सर्वोच्चमा न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्मा रहेको बृहत पूर्ण इजलासमा छ ।
एनसेल कर विवादमा भदौ ५ गते निर्णय सुनाउने सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए । ठूला करदाता कार्यालयले गत वैशाख ३ गते एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापत ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ पूँजीगत लाभकर तिर्न बाँकी रहेको भनी ७ दिनभित्र तिर्न एनसेललाई पत्राचार गरेको थियो । त्यसविरुद्ध एनसेल रीट लिएर सर्वोच्च गएको थियो ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…


