शिवराजमा निशुल्क पलाष्टिक सर्जरी शिविर

कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा मंगलवार निशुल्क पलाष्टिक सर्जरी शिविर सम्पन्न भएको छ । शिवराज नगरपालिकाको आयोजना र काठमाण्डु मोडल अस्पतालको प्राविधिक सहयोगमा आयोजना भएको उक्त कार्यक्रम शिविरमा १९ जनाले सेवा लिएका छन । ओठ तथा तालु चिरिएका,खुडे तथा आगोले पोलेर एक भाग अर्का भाग सग जोडिएर खुम्चीएको मानिसहरुले सेवा लिएका छन । १३ जनालाई अप्रेशनको लागी वुटवल लगिने जनाएको छ ।
शिविरको समापनमा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारु,नेपाल पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष दिपक खडकाले वोलेका थिए । नगरवासीहरुलाई सहज होस भन्ने उद्देश्यले उक्त शिविर संचालन गरेको वताइएके छ
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…


