१३ लाख रुपैयाँसहित नेपालगञ्जवाट २ पक्राउ
बाँके
बाँकेमा अवैध नेपाली रुपैयाँसहित २ जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका २ घरबारी टोलबाट १३ लाख अवैध नेपाली रुपैयाँसहित सौरभ सोनी र विनोदकुमार सोनी पक्राउ परेका हुन् । गस्तीमा रहेको प्रहरी टोलीले शंका लागेर जाँच गर्दा उनीहरुको साथमा स्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँ भेटिएको प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिए ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…


