नेकपा नेता एवम् पूर्व राजदूत लामाको कोरोनाका कारण निधन
काठमाण्डौ – दक्षिण कोरियाका लागि पूर्व राजदूत एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भएको छ ।
कोरोना सङ्क्रमित उहाँको शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो । पूर्व सांसदसमेत रहनुभएका लामा कोरोना भाइरसको सङ्क्रमण भएपछि अस्पताल भर्ना हुनुभएको थियो ।
उहाँ २०६४ सालमा काभ्रेपलाञ्चोक जिल्लाबाट संविधानसभा सदस्य बन्नुभएको थियो ।
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…


