नेकपा विवादले पति-पत्नी नै फरक-फरक खेमामा : पत्नी ओलीतिर, पति प्रचण्ड-नेपालतिर

काठमाडौं, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीमा नेताहरूले आफ्नो कित्ताकाट थालेका छन् । यसअघि एउटा समूहमा रहेका केही नेताहरू अर्को समूहमा पुगेका छन् ।

विभाजनको असर यतिसम्म परेको छ कि पति-पत्नी नै फरक-फरक खेमामा पुगेका छन् ।

अहिले राजधानीमा नेकपाभित्रका दुई समूहको केन्द्रीय समिति बैठक जारी छ । उक्त बैठकमा कुन नेता कता उपस्थित रहेका छन् भन्ने जनचासो बढिरहेको छ ।

सोही क्रममा नेकपा नेता रघुबीर महासेठ ववरमहलमा जारी प्रचण्ड माधव समूहको बैठकमा देखिएका छन् भने उनकी श्रीमती जुली महतो बालुवाटारमा जारी केपी शर्मा ओली समूहको भेलामा देखिएकी छिन् ।

महासेठ नेकपाभित्र मधेसबाट प्रतिनिधित्त्व गर्ने प्रभावशाली नेतामा पर्ने गर्छन् ।

TOP