मेथाे रुथकाे निर्णायक गाेलमा पुलिस वालिङसँग स्तब्ध

काठमाण्डाै –  मेथाे रुथले ५८ औँ मिनेटमा गरेको गोल निर्णायक बन्दा राष्ट्रिय महिला लिग फुटबलमा पुलिस वालिङसँग स्तब्ध भएको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिस सुरुवातदेखि दबाब दिँदै खेले पनि जित निकाल्न असफल रह्याे । 

जितसँगै वालिङ जारी लिगको तेस्रो स्थानमा उक्लिएको छ । वालिङले सात खेलमा ११ अङ्क जोडेको छ । पुलिस आठ अङ्कसहित पाँचौँ स्थानमा झरेको छ ।

पुलिसको यो लगातार दोस्रो र प्रतियोगिताको तेस्रो हार हो । यसअघिको खेलमा पुलिस विराटनगरसँग पनि पराजित भएको थियो । यसअघि सम्पन्न पहिलो चरणको खेलमा पुलिस वालिङसँग एक–एकको बराबरीमा राेकिएकाे थियो ।

लिगमा सोमबार एक खेलमात्र हुनेछ । अपराजित टोली एपीएफले तालिकामा अङ्क जोड्न नसेकेको चौदण्डीगढीसँग प्रतिस्पर्धा गर्नेछ । 

TOP