नेपालले वैशाखमा कीर्तिपुर मैदानमा त्रिदेशीय टी–२० शृङ्खला खेल्ने
काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीले यही वैशाखमा कीर्तिपुर क्रिकेट मैदानमा त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला खेल्ने भएको छ ।
नेपालसहित नेदरल्याण्ड्स र मलेसियाबीचको शृङ्खला यही वैशाख चारदेखि ११ गतेसम्म हुने नेपाल त्रिकेट सङ्घ (क्यान) ले निकालेको विज्ञप्तिमा उल्लेख छ । डबल राउण्ड रोबिनको आधारमा हुने शृङ्खलामा शीर्ष दुई टोली फाइनलमा पुग्ने छन् ।
कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै शृङ्खलामा सहभागी हुने खेलाडी र म्याच अफिसियललाई बायो बबलभित्र राखिने र पीसीआर परीक्षण गरिने विज्ञप्तिमा भनिएको छ ।

नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…


