पाँचथरमा फौजी किराले मकै बाली सखाप पारेपछि किसान चिन्तित
पाँचथर – पाँचथरमा अमेरिकन फौजी किराको प्रकोप फैलिएको छ । गोड्ने बेलाको मकैमा फौजी किराको प्रकोप फैलिए पछि किसानहरु चिन्तित बनेका छन् ।
जिल्लाको हिलिहाङ र कुम्मायक गाउँपालिकामा फौजी किराको प्रकोप बढेको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टले बताउनुभयो । उहाँका अनुसार हिलिहाङ गाउँपालिकामा मात्र ५ सय रोपनी क्षेत्रफलमा फौजी किराले मकै बालीमा क्षति पुर्याएको छ ।
हिलिहाङ गाउँपालिकाको प्रमुख खाद्यन्न बाली मकै हो । मकै बालीमा फौजी किराको प्रकोप देखिन थालेपछि ज्ञान केन्द्रबाट अनुदानमा उपलब्ध हुने विषादी किसानलाई वितरण गर्ने तयारी भइरहेको प्रमुख विष्टले बताउनुभयो ।
गएको वर्ष पनि जिल्लाका सबै पालिकामा किसानले लगाएको मकै बाली फौजी किराले सखाप पारेको थियो । जिल्लामा फौजी किराको प्रकोप बढ्न थालेपछि पालिकाहरुले नियन्त्रणका लागि सक्रियता देखाएका छन् ।
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…


