नेपाल सुपर लिग फुटबलमा आज चितवन र काठमाण्डौ खेल्दै
काठमाण्डाै – नेपाल सुपर लिग एनएसएल फुटबलमा आज एफसी चितवन र काठमाण्डौ रेजर्स खेल्दैछन् ।
खेल बेलुकी साढे पाँच बजेदेखि दशरथ रंगशालामा सुरु हुनेछन् । काठमाण्डौ यसअघि नै प्रतियोगिताको प्ले अफमा पुगिसकेको छ भने चितवन बाहिरिसकेको छ । पुछारमा रहेको चितवन आज सान्त्वना जितको खोजीमा छ ।
आज विजयी भएमा काठमाण्डौ शीर्ष स्थानमा रहँदै प्लेअफमा पुग्ने सम्भावना छ । हिजो शीर्ष स्थानको धनगढीलाई हराएर बुटबल लुम्बिनी एफसी अन्तिम चारमा पुगिसकेको छ । यस्तै धनगढी र ललितपुर सिटी एफसी पनि प्ले अफमा पुगिसकेका छन् । प्ले अफका खेल पर्सिदेखि सुरु हुनेछन् ।
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…


