दाङकाे राप्ती नदीमा जथाभाबी उत्खनन
दाङ – दाङको राप्ती नदीमा निषेधाज्ञाको मौकामा उत्खनन बढेको छ ।

देउखुरीको लमही-गढवा सडकखण्ड अन्तर्गत राप्ती पुलपूर्वतर्फ नदीमा भइरहेको उत्खननका लागि डोजर र टिप्परको मेला नै लाग्ने गरेको स्थानीयले बताएका छन् ।

नदीमै ठूला औजार प्रयोग गरेर उत्खनन हुँदा जोखिम बढेको स्थानीयबासिन्दाको गुनासो छ । राप्ती नदी किनारमा भर्खरै बनाएको तटबन्धको माथिल्लो भाग खोलिएको छ ।

गाउँलेहरुले उत्खनन भइरहेको ठाउँमै पुगेर मापदण्ड अनुसार मात्रै उत्खनन गर्न अनुरोध गरे पनि ठेकेदारहरुले मानेका छैनन् ।

वातावरण प्रभाव मूल्याङ्कन गरेको ठाउँ बाहिर उत्खनन नगर्न अनुरोध गरेको स्थानीयबासिन्दा चम्पा चौधरीले बताउनुभयो ।

ठेकेदार कम्पनीहरुले गढवा गाउँपालिकाले ठेक्का लगाएर देखाएकै ठाउँमा उत्खनन गरिहेको दाबी गरेका छन् । तर स्थानीयबासिन्दा मनपरी उत्खननले आफूहरुको बसोबास जोखिममा पर्नुको साथै गाईवस्तुको चरण क्षेत्र मासिएको बताउँछन् ।
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…


