विजयनगरमा गायत्री महायज्ञ एवम् प्रज्ञा पुराण कथा प्रवचन तथा संस्कार महोत्सव हुँदै
राम प्रकट कोरी
माघ १९ गते –विजयनगर,
विजयनगर गाउँपालिका ३ जगदीशपुरमा देव सँस्कृति जागरण विरण कुण्डीय गायत्री महायज्ञ एवम् प्रज्ञा पुराण कथा प्रवचन तथा संस्कार महोत्सव सञ्चालन भएको छ । माघ १६ गते शुक्रवारबाट कलश यात्रा गरी महायज्ञ सुरु भएको हो ।
भुवनेश्वरी माध्यमिक विद्यालय अगाडी यज्ञशालादेखि सुरु भएको कलश यात्रा जगदीशपुर, कडियार, पत्थरदेइया , लक्ष्मणपुर, बिलरहवा हुँदै सुरई नदीबाट जलभरी पुनः जगदीशपुर चौराहा हुँदै यज्ञशालामा पुगी यात्रा समाप्त भएको थियो ।
कलश यात्रासँगै सुरु गरिएको महायज्ञमा हिजो १८ गते शनिवार प्रवचन, हवन तथा विभिन्न संस्कार कार्य भएको थियो । समुदायमा रहेको विभेद, विकृति, असमानता र सत्यताको बाटोमा अग्रसर रहने उद्धेश्यका साथ सञ्चालन गरिएको महायज्ञमा दिनहुँ पाच सयको संख्यामा श्रद्धालु भक्तजनको सहभागिता रहने गरेको छ ।
महायज्ञ कार्यक्रमको आइतवार विभिन्न कार्यक्रम गरी समापन गरिने बताइएको छ । आइतवार राती ७ बजेदेखि प्रवचन सुरु भई राती ९ बजे दीपयज्ञ गरी प्रवचन टोलीलाई विदाई गरिने स्थानीय देवेन्द्र मणी त्रिपाठी जानकारी दिनु भएको छ ।
प्रवचन टोलीमा शान्ति कुञ्ज गायत्री परिवार हरिद्धारका कौशलेस पाण्डे, रणजीत शर्मा तथा कृष्ण चन्दले प्रवचन दिनु भएको कार्यक्रमका व्यवस्थापक अध्यक्ष सुरेन्द्र कुमार चौधरीले बताउनु भएको छ ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…


