कपिलवस्तुका १२.५ प्रतिशत मानिसमा हात्तीपाइको संक्रमण
माधव बेल्वासे,कपिलवस्तु
कपिलवस्तु जिल्लामा कुल जनसख्याको १२.५ प्रतिशत मानिसमा हात्तीपाईलेको संक्रमण देखिएको छ । स्वास्थय कार्यालय कपिलवस्तुका अनुसार जिल्लामा हात्तीपाइले रागीको संख्या उच्च रहेकोले निवारण गर्न चुनौती रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । जिल्लामा एघारौ पटक सम्म हात्तीपाइले विरुद्धको औषधि खुवाउँदा समेत निर्मुल पार्न नसकेपछी यस वर्षपनि यो अभियानलाई निरन्तरता दिइएको छ । माघ २५ गते वाट जिल्लामा बाह्रौ पटक औषधि वितरण कार्यक्रम शुभारम्भ हुने स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्र भगतले बताउनुभयो । यस वर्ष जिल्लामा ५ लाख ६४ हजार ९ सय ७३ जनालाई औषधि खुवाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
देशभरकै तुलनामा धेरै रोगी रहेका जिल्लामा सन् २०२० भित्र बिरामीको संख्या १ प्रतिशतभन्दा कममा झार्ने सरकारी योजना छ । यस योजनालाई सफल पार्न यस वर्ष जिल्लाका १० वटै स्थानिय तहका स्वास्थ्यकर्मीहरुकै प्रत्यक्ष निगरानीमा औषधि खुवाउन लागिएको छ । गत वर्ष कुल जनसख्याको ६६.६ प्रतिशत मानिसलाई औषधी खुवाएको स्वास्थ्य कार्यालयले जनाएको छ । कपिलवस्तुका नागरिकले औषधी नखादा विश्वकै सवै भन्दा जोखिम क्षेत्रको रुपमा कपिलवस्तु रहेको डा.गंगाराम यादवले बताउनुभयो । औषधि खादा शरिरमा विभिन्न समस्याहरु आउने भ्रम भएको भन्दै यस औषधिलाई सबैले प्रयोग गर्न सुझाव दिनुभयो ।
वर्षमा एक पटक गरी ६ वर्ष लगातार औषधि खाएमा यो रोग निर्मुल हुनेछ । विगतका वर्षहरुमा स्वास्थ्य स्वेयमसेविकाहरुलाई परिचालन गरी औषधि खुवाउदा प्रभावकारी नभएकोले गत वर्ष देखी स्वास्थ्यकर्मीहरुलाई परिचालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख भगतले बताउनुभयो । औषधि खाली पेटमा खान नहुने चिकित्सकहरुले बताउँछन्। शरीरमा हात्तीपाईले रोगको परजीवि भएका व्यक्तिहरुमा हात्तीपाईले रोग विरुद्धको औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ। ती लक्षणहरु केहि घण्टाभित्रमा आफैं हराएर जाने चिकित्शकहरु बताउँछन् ।
हात्तीपाइले उच्चेरिया बाक्रोफेटी नामक परजीविबाट लाग्दछ । यो परजीवि एक ब्यक्तिबाट अर्कोमा लामखुट्टेको टोकाईबाट सर्छ । यो रोग बिरुद्ध एडबेन्डाजोल र डिइसी नामक औषधी दिइन्छ र यो पूर्णतया सुरक्षित हुने स्वास्थ्यकर्मी बताउछन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


