शुध्दोधन गाँउपालिकाको स्वतन्त्र अध्यक्ष समाजबादीमा प्रवेश हुने
कपिलवस्तु
शुध्दोधन गाउँपालिकामा निर्वाचित स्वतन्त्र अध्यक्ष निसार अहमद खान र वडा नंम्बर ६ को स्वतन्त्र अध्यक्ष बिजय बहादुर यादब समेतलाई समाजबादी पार्टीमा प्रवेश गर्ने भएको छन् । अध्यक्ष खान लाई फागुन दश गते पकडीमा बृहत आम सभा एवं पार्टी प्रवेश कार्यक्रमको आयोजना गरी पार्टी प्रवेश गराउँने कार्यक्रम रहेको जिल्ला अध्यक्ष शैलेन्द्र यादबले बताए । केन्द्र बाट राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले उनलाई पार्टी प्रवेश गराउनु हुनेछ । अध्यक्ष खानले आफू समाजबादी पार्टी प्रबेश गर्न लागेको कार्यक्रम रहेको छ , म प्रवेश गर्दे छु अरू शनिबार थाहा पाईहाल्नुहून्छ उनले भने ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…


