ताइवानले अमेरिकासँग लडाकु जहाज किन्ने, चीनद्वारा बिरोध


एजेन्सी,४ भदौ

अमेरिकासँग ताइवानले लाई ८ अर्ब डलर बराबरको एफ १६ लडाकु जहाज किन्ने भएको छ ।

अमेरिका र ताइवानबीच भएको सम्झौतामा ६६ जहाज, ७५ इन्जिन, र अन्य सिस्टमहरू समावेश हुने समाचार संस्था रोयटर्सले जनाएको छ ।

चीनले आ(आफ्नो भूभाग दाबी गर्दै आएको ताइवानको सुरक्षामा पनि अमेरिकाले मद्दत गर्ने उक्त सम्झौतामा उल्लेख छ ।

चीनले यसअघि नै यो सम्झौताको निन्दा गरिसकेको छ ।

यो खरिद सम्झौता ताइवान र अमेरिकाबीचको अहिलेसम्मकै ठूलो व्यापार हो ।

TOP