हेटौंडामा बस र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु , १६ घाइते
हेटौंडा : हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा ट्रक र बस एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । अन्य १६ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गको नवलपुरमा मंगलबार राति जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ८७६ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०३००१ ख ५०३५ नम्बरको ट्रक एकापसमा ठोक्किएका थिए।
दुर्घटनामा दुई जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। उनीहरुको उपचारको क्रममा मृत्यु भएको र मृतकको शनाखत भई नसकेको जनाइएको छ। घाइते भएका १६ जनाको हेटौंडाको विभिन्न अस्पतालमा उपचार भइरहेको रिमालले बताए।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam